आन्दोलन गर्न काठमाडौँ आएका उखु किसानको हृदयघातबाट निधन

आन्दोलन गर्न काठमाडौँ आएका उखु किसानको हृदयघातबाट निधन

काठमाडौँ । चिनी मिलबाट बक्यौता नपाएर आन्दोलनका लागि काठमाडौँ आएका सर्लाहीका एक उखु किसानको रकम लिन नपाउँदै निधन भएको छ । सर्लाहीको रामनगर गाउँपालिकाको छोटवल गाउँका ६५ वर्षीय नारायण राय यादवको उपचारका क्रममा मंगलबार बिहान बाँसबारी स्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा निधन भएको हो।

उखु किसान आन्दोलन समितिका राकेश मिश्रका अनुसार जोरपाटीको कृष्ण मन्दिरमा बस्दै आएका यादवलाई सोमबार बेलुका हृदयघात भएको हो । उनलाई लगत्तै नजिकैको अस्पताल लगिएको थियो। त्यसपछि थप उपचारका लागि राति नै गंगालाल अस्पताल ल्याइएकोमा बिहान निधन भएको हो।

उनी मंसिर २८ गतेदेखि नै माइतीघरको किसान आन्दोलनमा सहभागी थिए । समाजवादी पार्टी सर्लाहीका नेता केदारनन्द चौधरीका अनुसार सोमबार सरकासंग भएको किसान आन्दोलन सम्झौता प्रति उनले असहमति राखेका थिए ।

‘मृतक यादवले अन्नपूर्ण चिनी मिलसँग २४ लाख ६३ हमार रुपैयाँ पाउन बाँकी थियो, काठमाडौं जारी आन्दोलनपछि आफूले एक रुपैयाँ पनि बक्यौता नपाएको उनले बताएका थिए,’ चौधरीले थपे, ‘बिहान पाँच बजे फोन गररे यादवले स्वास्थ्य खराब भएको बताए, त्यसपछि उनलाई अस्पताल पुर्‍याइएको थियो ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार