आज देशका अधिकांश क्षेत्रको मोसम बदली, हिमपात र वर्षको सम्भावना

आज देशका अधिकांश क्षेत्रको मोसम बदली, हिमपात र वर्षको सम्भावना

काठमाडौँ । देशका अधिकांश क्षेत्रको मोसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण केही क्षेत्रको मौसम प्रभावित भएको हो ।

अहिले देशको पहाडी भू–भागमा मौसम सामान्यतया सफा छ भने तराईका केही स्थानमा हुसु–कुहिरो लागेको छ । शनिबार दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।

सुदूरपश्चिम प्रदेश तथा कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार