आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजबाट पुनः सुरु हुँदै छ । एक साताभन्दा बढी समय केन्द्रिय कार्यसमितिको बैठक स्थगित गरिएको थियो ।

संसद विघटन भएपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले पुस ७ गतेदेखि केन्द्रीय समिति बैठक सुरु गरेको थियो । सो बैठक १० गतेदेखि स्थगित गरिएको थियो । आजको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आजको बैठकमा धारणा राख्ने क्रम जारी रहने कांग्रेस केन्द्रीय सदस्य डा। मीनेन्द्र रिजालले जानकारी दिए । यसअघिको बैठकमा केन्द्रीय सदस्यहरुले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै आन्दोलनमा जानुपर्नेमा जोड दिएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार