बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा राति यात्रा गर्न रोक

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा राति यात्रा गर्न रोक

बाँके । मोटरसाईकलमा सवार कैलालीकी महिलालाई बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघले झम्टिएर मारेपछि रातको समयमा यात्रा गर्न रोक लगाइएको छ ।  राति ८ बजेदेखि विहान ६ बजेसम्म मोटरसाईकल, साईकल जस्ता साना सवारी साधान सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

त्यस्तै अब दिउँसोको समयमा सवारीहरू दशको संख्यामा जम्मा भएपछि मात्रै यात्रा गर्न दिइने र एक्लाएक्लै यात्रा गर्न नपाइने नियम लागू गरिएको बताइएको छ ।

बाघको आक्रमणबाट शुक्रबार कैलालीको लम्किचुहा नगरपालिका ४ कौवापुरकी ५० वर्षिया नन्दकली थापाको मृत्यु भएको थियो । उनीमाथि राति दश बजेतिर छोरा सन्तोषसंग मोटरसाईकलमा कोहलपुरबाट घर आउँदै गर्दा बाघले आक्रमण गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार