रुकुम पश्चिममा ओली समूहको बृहत कार्यकर्ता भेला, जिल्ला संयोजकमा ओली

रुकुम पश्चिममा ओली समूहको बृहत कार्यकर्ता भेला, जिल्ला संयोजकमा ओली

मुसिकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनमा पुगेका बेला नेकपा ओली पक्षले रुकुम पश्चिममा बिहिबार बृहत कार्यकर्ता भेला गरेको छ । सदरमुकाम खलंगा बजार परिक्रमा गरी बाल मिन्दर प्राङ्गनमा पुगेर कार्यकर्ता भेला भएको थियो ।

केपी ओलीको समर्थनमा नाराबाजी गर्दै नेता कार्यकर्ताहरु जुलुसमा सहभागि भएका थिए । नेकपा केन्द्रीय सदस्य तिर्था गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शशिराम परियारले गर्नुभएको थियो भने स्वागत मन्तव्य केन्द्रीय सदस्य नारायणकुमार शाहले राख्नुभएको थियो । भेलालाई केन्द्रीय सदस्य महेश बस्नेत, नन्दराम देवकोटाले सम्बोधन गर्नुभएको थियो ।

यस्तै नेकपा ओली समूह रुकुम पश्चिमले बिहिबार सांगठनिक संरचना निर्माण गरेको छ । पार्टीको जिल्ला भेलाले टंकप्रसाद ओलीलाई पार्टीको जिल्ला संयोजक तोकेको छ । पार्टीले युवा संघ र अनेरास्ववियू पनि गठन गरेको छ । युवा संघको जिल्ला संयोजकमा हरिबोल भारतीलाई तोकेको पार्टीले लालबहादुर अधिकारीलाई सह-संयोजक बनाएको छ । अनेरास्वयूको संयोजकमा प्रकाश खड्का तोकिनुभएको छ भने सह-संयोजकमा प्रताप धिताललाई तोकिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार