आज धनगढीको सुरक्षा व्यवस्था कडा

आज धनगढीको सुरक्षा व्यवस्था कडा

काठमाडौं । नेकपा सुदूरपश्चिम (ओली समूह) ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली धनगढी जाने भएपछि  सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रधानमन्त्री धनगढी जाने भएपछि जिल्लाको सुरक्षा व्यवस्थामा बिहीबार देखि नै कडाइ गरिएको हो। स्थानीय प्रशासनको निर्देशनअनुसार तीन वटै सुरक्षा निकाय ‘हाई अलर्ट’मा राखिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सम्भावित घटनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारेका छन्।

जनसभा हुने स्थान धनगढीको खुला मञ्चमा बिहीबार बेलुका देखि नै ठूलो संख्यामा नेपाली सेनासहितको सुरक्षा टोली खटिएको छ।

नेपाल प्रहरीले सुरक्षा रणनीति बनाउँदै जिल्लामा अन्य समयको भन्दा ठूलो संख्यामा प्रहरी परिचालन गर्दै सादा पोशाकमा समेत टोली खटाएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमसेर जबराले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार