भालुको आक्रमणमा परी दुईजना घाइते

भालुको आक्रमणमा परी दुईजना घाइते

काठमाडौं । डाेटि जिल्लाको आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भालुको आक्रमणमा परी गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का र निजकी पाँच वर्षीया नातिनी सरस्वती खड्का रहेका छन् ।

बिहीबार साँझ खेतबारीको काम सकेर घर फर्किँदै गर्दा घरनजिकै उनीहरुलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । भालुको आक्रमणबाट गम्भीर घाइते उनीहरुको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेकोे इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

भालुले घाइतेहरुको टाउको र गर्धनमा गहिरो चोट पुर्याएको अस्पतालका डा. ललित लिम्बुले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार