पाँच अधिवक्ताको कारबाही फुकुवा

पाँच अधिवक्ताको कारबाही फुकुवा

काठमाडौँ । नेपाली काङ्ग्रेसनिकट नेपाल डेमोक्र्याटिक लयर्स एशोसिएसनले बारको चुनावमा अन्तर्घात गरेको भन्दै तीनजना वरिष्ठ अधिवक्तासहित पाँच जनामाथि अनुशासनको कारबाही फुकुवा गरेको छ । दुई वर्षअघि भएको नेपाल बार एशोसियनको चुनावको विषयलाई लिएर डिएलएमा देखिएको विवाद बिहीबार कारबाही फिर्ता भएसँगै अन्त्य भएको छ।

गत असोज २९ गते वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, प्रेमबहादुर खड्का र यदुनाथ खनालका साथै अधिवक्ताद्वय विजयप्रसाद मिश्र र श्रीराम दवाडीउपर गरेको कारबाही भएको थियो ।

‘यस संस्थाको अनुशासन समितिले २०७७ असोज २९ गते गरेको अनुशासनको कारबाही फुकुवा गर्ने गरी आज २०७७ पुस २३ गते बसेको केन्द्रीय समितिको बैठकबाट निर्णय गरिएको’ हिजोको विज्ञप्तिमा उल्लेख छ । एसोसिएसनले आगामी २०७८ साउनमा संस्थाको अधिवेशन गर्ने जानकारीसमेत गराएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार