रुकुम पश्चिममा आन्तरिक रुटको भाडा पुनरावलोकन

रुकुम पश्चिममा आन्तरिक रुटको भाडा पुनरावलोकन

मुसिकोट । रुकुम पश्चिममा आन्तरिक रुटको भाडा घटाइएको छ । गएकाे मंसिर ८ गते जिल्ला प्रशासन कार्यालयमा भएको यातायात व्यवस्थापन सम्बन्धिको बैठकले गरेको निर्णयबाट गठित कार्यदलको सिफारिस अनुसार भाडादर पुनरावलोकन गरिएको हो ।

बैठकबाट गठित कार्यदलले नयाँ बाटो निर्धारण तथा भाडा पुनरावलोकनका लागि अख्तियारी पाएको थियो । सोही कार्यदलको सिफारिस अनुसार शुक्रबार बसेको यातायात व्यवस्था समितिको बैठकले माघ १ गतेदेखि लागु हुनेगरी भाडादर कायम गरेको छ । उक्त भाडादरबाट सर्वसाधारणले ठूलो राहत पाउनेछन् । यस अघि ४ सय भाडा लाग्ने ठाउँमा अब २ सय भन्दा कम रुपैयाँमै जान पाइने गरी नयाँ भाडादर कायम भएको छ ।

त्यस्तै क बर्गको रुट, ख बर्गको रुट र ग बर्गको रुटमा भाडादर छुट्टा छुट्टै कायम गरिएको छ । क बर्गको रुटमा प्रति किलोमिटर ४, ख बर्गको रुटमा ७ र ग बर्गको रुटमा प्रतिकिलोमिटर ८ रुपैयाँका दरले भाडादर कायम गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनको संयोजकत्वमा प्राविधिक, प्रहरी, ट्राफिक प्रहरी, सडक, यातायात कार्यालयको प्रतिनिधि तथा यातायात व्यवसायिहरुका प्रतिनिधि सम्मिलित कार्यदल बनेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार