प्युठानमा विभिन्न पार्टी परित्याग गरि ३१७ जना कांग्रेसमा प्रवेश

प्युठानमा विभिन्न पार्टी परित्याग गरि ३१७ जना कांग्रेसमा प्रवेश

प्युठान। प्युठानमा विभिन्न पार्टी परित्याग गरि ३१७ जना कांग्रेसमा प्रवेश गरेका छन । नेपाली कांग्रेस प्युठान जिल्लाको ‘गाउँ जाउँ, गाउँमै रमाउँ, समय संगठनमा लगाउँ’  अभियानले निरन्तर पाइरहेको छ ।

पछिल्लो पटक जिल्लाको सरुमारानी, गौमुखी, ऐरावती र मल्लरानी गाँउपालिकाका विकट बस्तीमा पुगेको कांग्रेसको अभियानमा एकसातामा ३ सय १७ जना पार्टी प्रवेश गरेको नेपाली कांग्रेस प्युठानका सचिव देवेन्द्र बर्माले बताए ।

उनका अनुसार नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्राध्यापक डा. गोविन्दराज पोख्रेल, पार्टी सभापति अमर भण्डारी, पुर्व सभापति शालिग्राम पण्डित, सुवास केसी, गाउँपालिका अध्यक्ष विष्णु गिरी, शिव रिजाल, नविलविक्रम शाह लगाएतको टोली अभियानमा खटेको छ ।

शुक्रबार गौमुखि गाउँपालिकाको दलित बस्ती बाग्लीबाङमा आयोजित कार्यक्रममा १८६ घरको गाउँ नै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार