सडकबाट फैसला नसुनाउन पूर्व प्रधानन्यायाधीशहरुलाई प्रधानमन्त्री ओलीको चेतावनी

सडकबाट फैसला नसुनाउन पूर्व प्रधानन्यायाधीशहरुलाई प्रधानमन्त्री ओलीको चेतावनी

फाइल फोटो

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सडकबाट फैसला नसुनाउन पूर्वप्रधानन्यायाधीशहरुलाई चेतावनी दिएका छन्। नेकपा (ओली पक्ष) को युवा संघ बागमती प्रदेश कमिटीले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको बृहत कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई गुमराहमा राखेर सडकबाट फैसला नदिन चेतावनी दिएका हुन्।

शुक्रबार चारजना पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति जारी गर्दै संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक भएको ठहर गरेका थिए।

त्यसप्रति लक्षित गर्दै उनले प्रधानमन्त्रीले गरेको संसद विघटन असंवैधानिक भयो भनेर हल्ला चलाइरहेको आरोप लगाए। उनले पूर्वप्रधानन्यायाधीशहरुतर्फ लक्षित गर्दै एकपटक अदालतमा जागिर खाएको भरमा अदालतलाई गुमराहमा राख्ने काम गर्ने नहुने बताए।

ओलीले भने, ‘एकपटक अदालतमा जागिर खाएको भरमा केही मान्छे यस्तो हुन्छ र उस्तो हुन्छ भन्दैछन्। म उहाँहरुलाई भन्न चाहन्छु– सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेका मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावित गर्ने, गुमराहमा पार्ने, अल्मल्याउने, धम्क्याउने खालका कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन। तपाईँ सडकबाट फैसला दिँदै हुनुहुन्छरु’

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार