कालिमाटी फलफूल तथा तरकारी बजारमा अब डिजिटल भुक्तनी

कालिमाटी फलफूल तथा तरकारी बजारमा अब डिजिटल भुक्तनी

काठमाडौं । काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा प्रभु बैंकले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । बैंकले फोन पेसँगको सहकार्यमा तरकार खरिद गर्दा क्यू आर कोडमार्फत भुक्तानी गर्न मिल्ने सेवा सञ्चालनमा ल्याएको हो । डिजिटल भुक्तानी सेवाको उद्घाटन गर्दै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले यसबाट अब नगद बोक्नुपर्ने झन्झटको हट्ने र कारोबार सरल हुने बताउनुभयो ।

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचेनले सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत नविनतम् सेवा प्रवाहमा बैंक प्रतिवद्ध रहेको बताउनुभयो ।

क्यू आर कोड सेवा सुरु भएसँगै कालीमाटी तरकारी तथा फलफूल बजारमा उपभोक्ता, कृषक र व्यापारीलाई कारोबारमा सहज हुने छ । नगद कारोबारलाई क्रमशः विस्थापित गर्दै डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्न यो सेवा शुरु गरिएको प्रभु बैंकले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार