ललितपुरमा सरकारी जग्गा हिनामिना गरेको अभियोगमा मालपोत प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा

ललितपुरमा सरकारी जग्गा हिनामिना गरेको अभियोगमा मालपोत प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा

काठमाडौँ । ललितपुरको सरकारी जग्गा विभिन्न कम्पनी र व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

आइतबार आयोगले कर्मचारीहरु मालपोत प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशब थापा मगर, तत्कालिन कार्यालय प्रमुख उपसचिव बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुइटेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

त्यस्तै आयोगले सरकारी जग्गा हडप्न भूमिका खेलेको आरोपमा यूरो हाउजिङ्ग डेभलपर्स प्रा.लि. र यूरो ल्याण्ड डेभलपर्स प्रा.लि. का संचालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धरविरुद्ध पनि मुद्दा दायर गरेको छ।

आयोगले काठमाडौँ अस्पताल प्रा.लि.का संचालकहरू डा.ईश्वरलाल आचार्य, डा.दुर्गामान जोशी र श्रीमती दुर्गेस नन्दिनी भट्टचनलाई कारबाहीको माग गर्दै मुद्दा दायर गरेको छ।

कर्मचारी, युरो कम्पनी र काठमाडौँ अस्पतालको मिलोमतोमा ललितपुर महानगरपालिका–२८ र २३ स्थित सिलौटेमा पर्ने कर्मनासा (कोड्कु) खोला र खोला आसपासको सरकारी र सार्वजनिक जग्गा मिलेमतोमा २०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई हडपेको पाइएको आयोगका प्रवक्ता ताराप्रसाद अधिकारीले जानकारी दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार