स्वास्थ्यमन्त्री त्रिपाठीले भने : ढुक्क हुनुहोस्, खोप छिट्टै आउँछ

स्वास्थ्यमन्त्री त्रिपाठीले भने : ढुक्क हुनुहोस्, खोप छिट्टै आउँछ

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप ल्याउने सबै नीतिगत तयारी पूरा गरेको बताएको छ।

सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदेयश त्रिपाठीले कोरोना भाइरसविरुद्धको खोप पहिलो प्राथमिकतमा रहेको भन्दै यसका लागि सबै नीतिगत तयारी पूरा सक्किएको र खोप चाँडो भन्दा चाँडो खोप ल्याउने जनाएका हुन्।

मन्त्री त्रिपाठीले भने, ‘हामीले खोपको लागि आन्तरिक तयारी धेरै हदसम्म अघि बढाएका छौं । नीतिगत कार्यहरु पूरा भइसकेका छन्। सरकार खोप ल्याउन गम्भीरतापूर्वक काम गरिरहेको छ। हामी हरेक सम्भावनालाई खोजी गर्दै खोप ल्याउने अटोठ गरेका छौं’, उनले भने,‘ढुक्क हुनुहोस्, खोप आउँछ। निश्चिन्त हुनुहोस्, निशुल्क हुन्छ।’

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार