रेडियो आफनो एफएम पाँचौं वर्षमा प्रवेश

रेडियो आफनो एफएम पाँचौं वर्षमा प्रवेश

मुसिकोट । रुकुम पश्चिमको चौरजहारीमा संचालित सामुदायिक र्ेडियो आफनो एफएम ९०.४ मेगाहर्ज चौथो वर्ष पुरागरी पाँचौ वर्षमा प्रवेश गरेको छ । चौरजहारी सामुदायिक विकास केन्द्र र मानव विकास तथा सामुदायिक सेवा द्धारा संचालित सामुदायिक रेडियो आफनो एफ.एम.आजकै दिन स्थापना भएको हो ।

रेडियोले चौथो वार्षिक उत्सवको अवसरमा अस्पतालमा भर्ना भएका ५५ जना विरामीहरुलाई फलफुल वितरण गरेको छ । विभिन्न प्रकृतिका समस्या भएर अस्पतालको वार्डमा भर्ना भई उपचार गराईरहेका विरामीहरुलाई फलफुल वितरण गरीएको रेडियोका प्रवन्ध निर्देशक गोपाल रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै पाँच जना शारिरीक अपागता भएका व्यक्तिहरुलाई ह्वीलचियर वितरण गरीएको छ । ह्वीलचियर प्राप्त गर्नेहरुमा चौरजहारी नगरपालिका वडा नम्वर ४ का प्रकाश सुनार, वडा नम्वर ६ का मंगल बोहोरा वडा नम्वर १३ का गम्भीर वि.क., गोपी जैसी र सोही वडाका लक्ष्मण शर्मा रहेका छन ।

वार्षिक उत्सवको अवसरमा रेडियोले समाज रुपान्तरणमा सामुदायिक रेडियोको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि एवम चौरजहारी नगरप्रमुख विशाल शर्माले सुचना र संचारको क्षेत्रमा रेडियो आफनो एफएमले खेलेको भुमिका प्रसंसनीय रहेको वताउनुभयो ।

शिक्षा, स्वास्थ्य, संचार, यातायात, विद्युत, खानेपानी लगाएतका तमाम प्रत्येक्ष जनताहरुका आधारभुत आवाश्यकता संग जोडिएका विषय वस्तुमा रेडियोले दवाद, दिने जागरण पैदा गर्ने पैरवी, र समन्वयको काम गर्न सफल भएको भन्दै आगामी दिनमा निरन्तरताको कामना गर्नुभयो ।

कार्यक्रममा एचडिसिएसका रेडियो कार्यक्रम संयोजक विजय मानन्धर, चौरजहारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम गहतराज ,चौरजहारी अस्पतालका सहायक प्रशासक पुर्ण वहादुर थापा, रेडियो चौरजहारीका स्टेशन प्रमुख ज्ञानु गौतम लगाएतका अतिथिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । चौरजहारी अस्पतालका प्रशासक डिल वहादुर गिरीको अध्यक्षता रहेको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख विशाल शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार