बिद्यार्थीले गरे आठबिसकोट नगरपालिका घेराउ

बिद्यार्थीले गरे आठबिसकोट नगरपालिका घेराउ

मुसिकाेट। बिभिन्न मागहरु राख्दै बालकल्याण माध्यमिक बिद्यालय आठबिसकोट-९ का बिद्यार्थीहरुले आज रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा घेराउ गरेका छन् । नाराबाजि सहित नगरपालिकाको कार्यालयमा आएका उनीहरुले नगर शिक्षा समिति र शिक्षा शाखाले मनपरि निर्णय गरेको गुनासो गरेका छन् ।
गुणस्तरिय शिक्षा र शिक्षक दरबन्दी अनुसारको शिक्षकको लागि आफुहरुले आवाज उठाएको कक्षा १० मा अध्ययनरत नविन कुसारीले बताए । उनीहरुले बिद्यार्थीहरुलाई योग्य शिक्षक चाहिन्छ, बिद्यालयलाई गुणसतरिय शिक्षा चाहिन्छ, दरबन्दिका शिक्षक पूर्ति गर, काजका शिक्षकहरु फिर्ता गर भन्दै नारा लगाएका छन् ।
उनीहरुले आफ्ना मागहरु पुरा गर्न दवाव स्वरुप शान्तिपूर्ण नाराबाजि गरेको बताएका छन् । आन्दोलनमा कक्षा ६ देखि १० सम्मका करिब २ सय बिद्यार्थी रहेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार