एनसेल बाह्रखरी गल्फ पोखरामा हुने

एनसेल बाह्रखरी गल्फ पोखरामा हुने

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान पु¥याउने उद्देश्य अनुरुप नियमित रुपमा सञ्चालन हुँदै आएको ‘आमन्त्रण गल्फ प्रतियोगिता’को चौथो संस्करण यसवर्ष पोखरामा आयोजना गरिने भएको छ ।

एनसेल सँगको विशेष सहकार्यमा माघ २३ देखि २५ गतेसम्म पोखरामा सम्पन्न हुन लागेको मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराइएकाे छ ।
पत्रकार सम्मेलनमा बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले पोखराको पर्यटन प्रवर्द्धनका लागि यसवर्ष पोखरामा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । कोभिड–१९ ले संसारभरकै पर्यटन क्षेत्रलाई आक्रान्त पारेको वर्तमान अवस्थामा नेपालको पर्यटन क्षेत्र पनि अछुतो नरहेको र नेपालको पर्यटकीय राजधानी पोखराको पर्यटनमा नवीन ऊर्जा सञ्चार गराउनसके यसले सम्पूर्ण पर्यटन क्षेत्रलाईनै उत्साहित र सकारात्मक गति दिने विश्वासका साथ यो वर्ष पोखरालाई ‘एनसेल बाह्रखरी गल्फ’को केन्द्रबिन्दु बनाइएको प्रधानले जानकारी दिए ।

पोखरामा हुने यस प्रतियोगितामा काठमाडौं, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीलाई प्रतिस्पर्धा गराउनुका अतिरिक्त उल्लेखित सहरहरूबाट विशेष पाहुनाहरूलाई पनि निमन्त्रणा गरिने छ ।

खेलाडी र विशेष पाहुनालाई माघ २३ देखि २५ सम्म पोखराका विभिन्न स्थानको भ्रमण गराउने र साहसिक खेलमा सहभागी गराउने कार्यक्रम पनि समावेश गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार