नेशनल मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न नेविस‌ंघको माग

नेशनल मेडिकल कलेजका सञ्चालकलाई कारबाही गर्न नेविस‌ंघको माग

काठमाडौं । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले अतिरिक्त शूल्क नतिरेको भन्दै दुईजना विद्यार्थीलाई एमबीबीएस परीक्षा दिनबाट बञ्चित गरेको घटनाप्रति नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । सरकारी छात्रावृत्तिमा अध्ययनरत रामजी राम र पंकज रामलाई नियम विपरीतको शूल्क नतिरेको भन्दै परीक्षाबाट वञ्चित गरेर विद्यार्थीको भविष्यमाथि नै खेलवाड गरेको भन्दै नेविसंघले कलेज र कलेजका सञ्चालकलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो ।

मंगलबार नेविसंघका अध्यक्ष राजिव ढुंगानाले एक प्रेस विज्ञप्ति जारी गर्दै रामजी र पंकज दुवै जनालाई तत्काल पुनः परीक्षाको व्यवस्था मिलाउन त्रिवि चिकित्सा शिक्षा अध्ययन संस्थान डिनको कार्यालयसँग माग समेत गरेका छन् । कलेजले तोकेको अतिरिक्त शुल्क नतिरेको भन्दै कलेजले दुवैजनालाई विश्वविद्यालयको परीक्षा दिनबाट बञ्चित गरेको थियो ।

शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र विश्व विद्यालय अनुदान आयोगका पदाधिकारीले समेत आफ्नो जिम्मेवारी पूरा नगरेको देखिएका कारण आवश्यक छानविन गरी सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार