कपडामा ५ प्रतिशत भन्सार दर कामय गर्न माग व्यवसायीको माग

कपडामा ५ प्रतिशत भन्सार दर कामय गर्न माग व्यवसायीको माग

भरतपुर । कपडा व्यवसायी नारायगढले सम्पूर्ण कपडामा ५ प्रतिशत भन्सार दर कायम गर्न माग गरेको छ । संस्थाको २३ औँ साधरणसभा एवम् १२ औं अधिवेशनमा कपडा व्यवसायीले पारदर्शी आयात गर्न समेत समान भन्सार दर कायम हुनुपर्ने माग गरेका छन् ।

अध्यक्ष लक्ष्मीनारायण श्रेष्ठले भन्सार दर कम भएमा न्यून विजिकरणको समस्या समेत हल हुने दाबी गरे । “सुति कपडाको १५ प्रतिशत, अन्य कपडामा ५ प्रतिशतबाट बढाएर २० प्रतिशतसम्म पु¥याइएको अवस्था छ”, उनले भने, “सीमावर्ती बजारसँग प्रतिस्पर्धा गर्न पनि गाह्रो छ, कपडा पनि महंगो परेको छ, त्यसैले भन्सार दर घटाउनुपर्छ ।” उनले भिसिटिएस प्रणालीले गर्दा साना व्यवसायीलाई स्थानीय रुपमा कपडा निर्यात गर्दा समेत समस्या भोग्नुपरेको बताए ।

नारायणगढका कपडा व्यवसायीले फुटपाथ तथा पार्किङ व्यवस्थापनमा लबिङ गर्न उद्योग वाणिज्य संघ चितवनको ध्यानाकर्षण गराएका छन् । उवासंघ चितवनका अध्यक्ष राजु श्रेष्ठले दीर्घकालिन योजना बनाएरै घुमन्ते व्यापारीको व्यवस्थापन गरिने प्रतिवद्धता जनाए । “भरतपुर महानगरसँग समन्वय तथा छलफल भैरहेको छ”, उनले भने, “छिटै निकास निस्कने छ ।” उहाँले व्यवसायीका समस्या समाधान गर्न स्थानीय, प्रदेश र संघीय सरकारसँग पहल गरिने बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार