काठमाडौँको भद्रकालीमा बस पल्टियो, तीनजना घाइते

काठमाडौँको भद्रकालीमा बस पल्टियो, तीनजना घाइते

काठमाडौँ । काठमाडौँको भद्रकालीमा बस पल्टिँदा तीनजना घाइते भएका छन् । रत्नपार्कबाट थानकोटका लागि छुटेको बा ३ ख ४४३७ नम्बरको यात्रु बस भद्रकाली मन्दिर नजिकैको आकाशे पुल आडैमा पल्टिएको प्रहरीले जनाएको छ ।

तीव्र गतिका कारण गाडी मोड्ने क्रममा अनियन्त्रित भएर पल्टिँदा तीनजना घाइते भएको प्रहरी निरीक्षक वेदबहादुर पौडेलले जानकारी दिएका छन् । बसमा धेरै यात्रु नरहेकाले तीनजना घाइते भएका हुन् । दुर्घटना बिहीबार बिहान ८ बजेतिर भएको हो ।

चालकको टाउकोमा चोट लागेको भए पनि खतरामुक्त रहेको र अरु दुई यात्रु सामान्य घाइते भएको प्रहरीले जनाएको छ । तीनैजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

बाटोमा बस पल्टिँदा केहीबेर यातायात सेवा प्रभावित भएको थियो । केहीबेरमै गाडी उठाएर यातायात सुचारु गरिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार