ग्यास सिलिण्डर बिस्फोट हुँदा दाङमा तीन जना घाइते

ग्यास सिलिण्डर बिस्फोट हुँदा दाङमा तीन जना घाइते

दाङको तुलसीपुरमा बिहीवार बिहान ६ बजेतिर ग्यास सिलिण्डर बिस्फोट हुँदा श्रीमान–श्रीमतीसहित तीन जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-१७ वनकट्टा निवासी ३५ वर्षीय लालबहादुर वली र उनकी ३३ वर्षीया श्रीमती गीता वली गम्भीर घाइते भएका हुन् । घटनामा परि १३ वर्षीय सिजन खड्कापनि घाइते भएका छन्।

घाइते वलीका श्रीमान–श्रीमतीलाई बिहीवार दिउँसो दूई बजेतिर तुलसीपुरबाट हेलिकोप्टर मार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ । १३ वर्षीय बालक खड्का भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचार पछि डिस्चार्ज भइ सकेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक भलक शर्माका अनुसार वलीले आफूले पालेको ५ दिने ५ सय चल्लालाई न्यानो बनाउनका लागि बालेको ग्यास सिलिण्डर बिस्फोट हुँदो आगलागी भएपछि वली दम्पतिसहित तीन जना घाइते भएका हुन् ।

आगलागीबाट गोठ पुरै जलेको तथा घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । गोठमा राखेको दश बोरा दाना, ५ दिनका सबै ५ सय चल्लापनि जलेर नष्ट भएको प्रहरीले बताएको छ । गलागीबाट ४ लाख बढी क्षति भएको अनुमान गरिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार