अब कांग्रेसको हातमा सत्ता जान्छ : बाबुराम भट्टराई

अब कांग्रेसको हातमा सत्ता जान्छ : बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरेका छन्।

शुक्रबार गोरखा पुगेका भट्टराईले पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समेत रिङआउट भइसकेकोले कांग्रेसको हातमा सत्ता जाने बताएका हुन्।

‘प्रतिनिधि सभा विघटन गरेर ओलीले अपराध गरे। अदालतको फैसलाले ओलीलाई अब रिङआउट गर्छ। उनी जस्तो भष्मासुरलाई हुर्काउने प्रचण्ड नेपाल समेत प्रधानमन्त्री पदका लागि लायक छैनन्।

अब कांग्रेसको हातमा सत्ता जान्छ, देउवा प्रधानमन्त्री हुने अवस्था छ,’ उनले भने। नेकपा फुटेपछि जसपा चौथो दलमा पुग्ने पनि उनले बताएका थिए। चौथो दलले प्रधानमन्त्री दाबी गर्न नमिल्ने भट्टराईको भनाइ थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार