टाटा मोटर्सको इन्ट्रा भि २० कम्प्याक्ट ट्रकको बिक्री सुरु

टाटा मोटर्सको इन्ट्रा भि २० कम्प्याक्ट ट्रकको बिक्री सुरु

काठमाडौँ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले स्मार्ट कम्प्याक्ट ट्रक ‘टाटा इन्ट्रा भी२०’ नेपाली बजारमा ल्याएको छ । ठूलो लोड बडी, ११०० केजीको अधिकतम भार बहन क्षमता, सर्वोत्कृष्ट माइलेज, मजबुत इन्जिन, गियर बक्स, क्राउन र च्यासिस भएको यो कम्प्याक्ट ट्रक न्यून सञ्चालन खर्चमा सवारी धनीलाई अधिकतम मुनाफा हुने गरी निर्माण गरिएको कम्पनीले जनाएको छ ।

यसको आधुनिक डिजाइनका साथ बनेको क्याबिन भित्र ओहोररदोहोर गर्न सजिलो हुने थप ठाऊँ छ । यससँगै सुबिधा सम्पन्न आरामदायी सिटहरु र आधुनिक डिजिटल क्लस्टर पनि रहेको छ ।

यसमा अति साँघुरो गल्लीमा पनि सजिलै मोड्न मिल्ने ४.७५ मिटरको टर्निङ्ग सर्कल रेडियस छ । त्यस्तै यसमा भएको केवलसिफ्ट मेकानिज्मर ५–स्पीड गीयर बक्सले सहज एवं भन्झटमुक्त यात्रा सुनिश्चित हुने कम्पनीले जनाएको छ ।

टाटा इन्ट्रा भी२० मा १.४ लिटर क्षमताको डिजल इन्जिन रहेकाले ७० बिएचपी र १४० एनएमको टर्क पैदा गर्छ । यो कम्प्याक्ट ट्रकलाई नेपाल भर छरिएर रहेका सिप्रदी ट्रेडिङ्गका सेल्स, सर्भिस र स्पेयर पार्टस्को सञ्जालले बिक्री तथा सम्हार गर्नेछन् । कम्पनीले टाटा इन्ट्राको सुरु मूल्य १९ लाख ७५ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार