रौतहटमा कोरोना प्रभावित महिलालाई राहत वितरण

रौतहटमा कोरोना प्रभावित महिलालाई राहत वितरण

रौतहट । रौतहटको राजपुर नगरपालिकामा यूएन वुमनको सहयोगमा गैरसरकारी संस्था माण्डवीले राहत वितरण रेको छ । कोभिड-१९ का कारण समस्यामा परेका महिला तथा विपन्न समुदायहरुलाई कृषिका माध्यमले जीविकोपार्जन गर्न सक्षम बनाउने योजना अनुरुप कार्यक्रम आयोजना गरिएको माण्डलीले जनाएको छ ।

राजपुर नगरपालिकामा रहेका झन्डै २५० जना महिला र विपन्न परिवारहरुलाई राहत वितरण गरिएको माण्डवीका निर्देशक, प्रमुख अंजु झाले बताइन् । विपन्न परिवारको जीवनस्तर उकास्न चरणबद्धरुपमा कार्यक्रम तयार गरिएको उनले बताइन । २५० महिलालाई कृषि श्रमिक तथा महिला कृषकको रुपमा तयार पार्ने उदेश्यका साथ तत्कालका लागि राहत सामग्री प्रदान गरिएको उनको भनाइ छ ।

राहत वितरण कार्यक्रममा २५० जनालाई चामल, दाल, खाने तेल का साथै एलपीजी ग्याँस चुल्हो १ थान र ग्याँस सिलिण्डर १ थान प्रदान गरिएको थियो । राहत वितरण कार्यक्रममा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्देव यादवले सामाजिक संस्थाहरुले विभिन्न किसिमले राज्यलाई सहयोग गरिरहेको बताए । माण्डवीले वितरण गरेको राहतले विपन्न समुदाय खुसी भएको उनले बताए ।

कार्यक्रममा राजपुर नगरपालिकाका मेयर सकिल अहमदले आगामी दिनमा नगरका सम्पूर्ण परिवारमा ग्याँस चुल्हो र सिलिन्डर उपलब्ध गराउने घोषणा गरेका छन् । राहत वितरण कार्यक्रममा नेपाली सेनाको इन् बक्स गण पुरेनवाका प्रमुख, सशस्त्र प्रहरी बल ११ नम्बर गणका नायब उपरीक्षक, जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपीसमेतको सहभागिता रहेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार