दाहाल-नेपाल समूहले माघ ९ गते काठमाडौँमा प्रदर्शन गर्ने

दाहाल-नेपाल समूहले माघ ९ गते काठमाडौँमा प्रदर्शन गर्ने

काठमाडौं । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ। आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समितिको बैठकले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा जुलुसहित अपराह्न १२ बजे रत्नपार्कमा एकीकृत प्रदर्शन गर्ने निर्णय गरेको समितिका सह-संयोजक योगेशकुमार भट्टराईले जानकारी दिए।

जनअधिकारको रक्षाका लागि प्रदर्शन गर्न लागिएको जानकारी दिँदै उनले प्रतिनिधिसभाको विघटनविरुद्ध परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई पुनः आग्रह गरे। सह-संयोजक भट्टराईका अनुसार जनअधिकराको रक्षाका लागि ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्थालाई आग्रह गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार