आज तराईमा बाक्लो हुस्सु, पहाडमा सामान्य बदली

आज तराईमा बाक्लो हुस्सु, पहाडमा सामान्य बदली

काठमाडौँ । आइतबार देशका केही भू-भागको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविदका अनुसार प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ।

यसबाहेक देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। आइतबार राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ। अहिले बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार