नेपालमा कोभिड १९ को खोप ल्याउन थप दुई विदेशी कम्पनीको आवेदन

नेपालमा कोभिड १९ को खोप ल्याउन थप दुई विदेशी कम्पनीको आवेदन

काठमाडौं । नेपालमा कोभिड १९ को खोप ल्याउन थप दुई विदेशी कम्पनीले दर्ता अनुमतिका लागि आवेदन दिएका छन् ।

भारतको भारत बायेटेक र चीनको सिनोर्फामले नेपालमा खोप ल्याउन आवेदन दिएका हुन् । औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापका सन्तोष केसीका अनुसार यी दुवै कम्पनीले आवेदन दिए पनि कागजात नपुगेका कारण अनुमति दिने प्रक्रिया भने अघि बढेको छैन ।

विभागले बुधबार सूचना जारी गर्दै खोप आयातका लागि इच्छुक तथा योग्य उत्पादन तथा आयातकर्ता कम्पनीलाई खोपको आपत्‌कालीन दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सूचित गरेको थियो । नेपालमा शुक्रबार भारतको शेरम इन्स्टिच्युटको कोभिसिल्ड खोपलाई आपत्‌कालीन प्रयोगको अनुमति दिएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार