सोल्टी सिटी अपार्टमेन्टको १३ औँ तलामा रहेको ब्लक एमा आगलागी भएको हो।

अपार्टमेन्टको ‘डक’मा बिजुली सर्ट हुँदा आगलागी भएको सुरक्षाकर्मीले जानकारी दिएका छन्। आगलागी हुनेबित्तिकै उपत्यकाका विभिन्न स्थानबाट गएका दमकलहरुले आगलागी नियन्त्रणमा लिएका हुन्।

छैँटौ तलामा शनिबारमात्र सुत्केरी भएकी महिलालाई उद्धारका लागि केही समय लागेको थियो। करिब आधा घन्टामा उनलाई उद्धार गरी तत्कालै अस्पताल पुर्‍याइएको थियो। करिब दिउँसो १ बजेर २० मिनेटमा आगो लागेको थियो।

आगलागी नियन्त्रणमा सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल‍ प्रहरीका सुरक्षाकर्मीहरु बाक्लो संख्यामा उपस्थित थिए।आगलागीमा कुनै पनि मानवीय दुर्घटना भएको छैन ।