पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटर २ रुपैयाँले बढ्यो

पेट्रोल, डिजेल र मट्टीतेल प्रतिलिटर २ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। सोमबार राती १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको हो।

पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको ९३ रुपैयाँ पुगेको छ। ग्याएलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ ।

यसअघि प्रति १५ दिनमा इन्धनबाट साढे ६७ करोड रुपैयाँ घाटा हुने देखिएपछि इन्धनको मूल्य समायोजन गरेको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । अहिले कायम हुने नयाँ बिक्री मूल्यअनुसार निगमलाई अझै पनि प्रति १५ दिनमा ५० करोड रुपैयाँ घाटा छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार