एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

एक लाख म्यादी प्रहरी भर्ना गर्ने तयारी

काठमाडौं। नेपाल प्रहरीले आगामी बैशाखमा गर्ने घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब १ लाख म्यादी प्रहरी भर्ना गर्ने गरी तयारी गरेको छ । प्रहरीले आगामी १७ र २७ बैशाखमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि करिब १ लाख म्यादी प्रहरीको भर्ना आहवानको तयारी गरिरहेको हो ।

नेपाल प्रहरी उच्च स्रोतका अनुसार आगामी निर्वाचनका लागि ९९ हजारमा केही संख्या थप हुने गरी म्यादी प्रहरी आवश्यक पर्ने निश्कर्ष सहित भर्नाको तयारी भइरहेको छ । प्रहरीले सकेसम्म संसद विघटनको मुद्दालाई सर्वोच्च अदालतले टुंगो लगाएपछि मात्रै भर्ना आहवान गर्ने गरी छलफल गरिरहेको छ ।

संख्याका विषयमा लगभग टुंगो लागिसक्यो, ९९ हजारमा केही बढ्ने र एक लाख ननाघ्ने गरी म्यादी प्रहरी भर्ना आहवान गर्ने गरी प्रारम्भिक खाका बनेको छ, तर सर्वोच्चले संसद विघटनको मुद्दामा फैसला गरेपछि मात्रै भर्ना आह्वान होला हुने बताएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले फागुनको १५ देखि २० गतेसम्ममा भर्ना गर्ने गरी तयारी भइरहेको जानकारी दिए । निर्वाचनको पचास दिन अघिसम्म भर्ना गर्दा पनि तालिम दिएर निर्वाचनका लागि म्यादी प्रहरीलाई तयार बनाउन सकिन्छ, त्यसकारण फागुनको १५ देखि २० गतेसम्मा भर्ना आहवान गर्ने गरी तयारी भइरहेको बताएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार