रुकुम पश्चिमको राडीबजारमा अनिश्चितकालका लागि निषेधाज्ञा

रुकुम पश्चिमको राडीबजारमा अनिश्चितकालका लागि निषेधाज्ञा

फाइल फोटो

मुसिकोट । रुकुम पश्चिमा आठबिसकोट नगरपालिका-९ मा पर्ने राडीबजारमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिचमले बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका निषेधाज्ञा घोषणा गरेको हो।

बजारको पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट बाहिर जान नपाउने र बाहिरबाट भित्र आउन समेत नमिल्ने गरी निषेधाज्ञा जारी गरिएको छ। अनावश्यक रूपमा भेला भएर केही समूहले अवाञ्छित गतिविधि गरेकाले निषेधाज्ञा गरिएको प्रशासनको सूचनामा उल्लेख गरिएको छ।

मङ्गलबार नेकपा (दाहाल–नेपाल) समुह र कांग्रेस समर्थित युवाहरु विचमा झडपको अवस्था सृजना भएपछि मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिनका लागि ९ राउण्ड हवाई फायरिङ गरेको थयो। प्रहरी चौकीमा पुगेको विवाद मिलाउने क्रममा चौकीमा नै केही मानिसले ढुंगामुढा गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ध्रुब कुमार श्रेष्ठले बताए।

इलाका प्रहरी कार्यालय आठबीसकोटमा भइरहेको छलफलका क्रममा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाही, तेजबिक्रम आरसी, दिपक केसी र प्रकाश शाही वडा नम्बर ३ का वडाध्यक्ष केशरमान विक र वडा नम्बर ८ का वडाध्यक्ष मानबहादुर चनाराबाट कुटिएका थिए ।

आठबीसकोटमा खानेपानी, बस काउण्टरलगायतका विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच पटक–पटक विवाद र झडप हुँदै आइरहेको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार