डिएसपी ढुंगेल फेरि निलम्बनमा पर्ने

डिएसपी ढुंगेल फेरि निलम्बनमा पर्ने

काठमाडौं । केही समय निलम्बनमा परेर प्रहरी प्रधान कार्यालयमा फर्किएका प्रहरी नायव उपरिक्षक (डिएसपी) कुमोद ढुंगेल फेरि निलम्बनमा पर्ने भएका छन्। जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाडेका ढुंगेललाई उच्च अदालत पाटनले आदेश उल्टाउँदै एक लाख धरौटी माग गरेपछि निलम्बनमा पर्ने भएका हुन्।

आपराधिक गतिविधीमा जोडिएपछि डिएसपी ढुंगेलविरुद्ध एक बर्ष अगाडी जिल्ला अदालत काठमाडौंमा लुटपाटको मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा थुनछेक पछि जिल्ला न्यायधिश कोमलप्रसाद आर्चायले साधारण तारेखमा छाड्ने आदेश दिएका थिए। तर सरकारी वकिल कार्यलयले दर्ता गरेको १७ नम्बर निवेदनमाथि उच्च अदालत पाटनले जिल्लाको आदेश उल्टाउँदै एक लाख रुपैंया धरौटी माग गरेपछि फेरि निलम्बनमा पर्ने भएका हुन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार