मतदाता नामावली अद्यावधिकमा सहभागी हुन ७७ वटै जिल्लामा कांग्रेसको सर्कुलर

मतदाता नामावली अद्यावधिकमा सहभागी हुन ७७ वटै जिल्लामा कांग्रेसको सर्कुलर

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगले सुरु गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागिता हुन सर्कुलर गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सबै जिल्ला सभापतिहरूलाई पत्र काटेर मतदाता नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन भनेका छन् ।

निर्वाचन आयोगले गर्ने मतदाता नामावली प्रकाशन, मतदाताको नाम वा विवरणमा त्रुटि भए सच्याउन निवेदन दिने, झुठो विवरण दिई मतदाता बनेको भए उजुरी दिनेलगायतका कार्यमा सहयोग गर्न निर्देशन दिइएको छ। निर्वाचन आयोगले गरेका कार्यमा नागरिकलाई सुसूचित गर्न निर्देशन दिइएको छ।

कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी घोषणा गरेको मध्यावधि निर्वाचनलाई वैधानिकता दिन निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रममा सहभागिता जनाउन भनेको हो ।

पुस ५ मा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि बसेको पदाधिकारी बैठकले सो कदमलाई अलोकतान्त्रिक र असंवैधानिक भनेको छ । पदाधिकारी बैठकको सो निर्णय आकस्मिक रूपमा पुस ७ गते बोलाइएको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो ।

मुख्यसचिव पौडेलले पत्रमा आयोगले माघ १५ गतेबाट २१ गतेसम्म देशभरका ७५३ स्थानीय तहमा हुने मतदाता अद्यावधिक कार्यक्रममा सहभागिता जनाउन भनेका छन् । पत्रको बोधार्थ सबै प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिका सभापति, प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सभापति र सबै पालिका समितिका सभापतिलाई पठाएका छन् ।

कांग्रेसले जिल्लालाई पठाएको परिपत्र  :

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार