प्रेस संगठनको दोश्रो राष्ट्रिय भेला आज हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

प्रेस संगठनको दोश्रो राष्ट्रिय भेला आज हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला आज (विहीबार) काठमाडौँमा आयोजना हुँदैछ । राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा बिहान ११ बजेबाट आयोजना हुने भेलालाई प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको प्रेस संगठन नेपालका सह-संयोजक गणेश बस्नेतले जानकारी दिएका छन् ।

भेलामा सहभागी हुन प्रेस संगठन नेपालमा आवद्ध सातै प्रदेश र जिल्लाका प्रतिनिधिहरु काठमाडौ पुगिसकेका छन । भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (बादल), अर्थमन्त्री विष्णु पौडेल, उर्जामन्त्री टोपबहादुर रायमाझी, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, सञ्चारमन्त्री पार्वत गुरुङ लगाएतका नेताहरुकाे उपस्थिति रहने जनाइएको छ । नेकपामा शीर्षस्थ नेतृत्व विवाद चुलिदै गएपछि पार्टी फुटको संघारमा पुगेको बेला त्यसको असर प्रेस संगठनमा पनि परेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार