रुपन्देहीमा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

रुपन्देहीमा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

बुटवल। रुपन्देहीको मायादेबी गाउँपालिका-७ स्थित दानवखोला नजिकै एक युवकलाई जलाएर मारेको घटना सेलाउन नपाउदै गैडहवा गाउँपालिका वडा नं। १ ननउली निवासी ५० वर्षीया कलावती धोबीलाई धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार ननउली गाउँ उत्तर एक किलोमिटर सिमानामा अयोध्या कहाँरको तोरी बारीमा घोप्टो परेको अवस्थामा निज महिलाको टाउको पछाडि करीब चार इन्च घाउ तथा भूईमा रगताम्य घटनास्थलको प्रकृतिले धारिलो हतियार प्रहारबाट हत्या भएको हो ।

चार सन्तानकी आमासमेत रहेकी मृतक धोबी घरबाट बुधवार साढे पाँच बजे घरबाट निस्के पछि राति अबेरसम्म नफर्किदा गाउँलेहरु तथा परिवारद्रारा खोजतलासको क्रममा उनको शव देखेर प्रहरीलाई खबर गरिएको एसपी पोखरेलले भनाइ छ ।

मृतक धोबीको शव भीम अस्पताल भैरहवा पोष्टमार्टम गराई प्रहरीद्रारा आवश्यक अनुसन्धान भइरहेको रुपन्देही प्रहरी प्रमुख प्रवीण पोखरेलले जानकारी दिए ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार