विप्लव समूहले राखेको बम डिस्पोज

विप्लव समूहले राखेको बम डिस्पोज

काठमाडौं । काभ्रेको बनेपामा विप्लव समूहले राखेको बम डिस्पोज गरिएको छ । बनेपाका बुडोलस्थित सडकमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बम फेलापारी डिस्पोजल गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले आज बिहान ३ बजेदेखि अरनिको राजमार्ग पूर्ण रूपमा ठप्प पारेर बम खोज्ने कार्य सुरु गरेको थियो । बिहान ३ बजेदेखि अहिलेसम्म ठप्प भएको र बम डिस्पोज भएपछि अरनिको राजमार्ग पुनस् सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ ।

अन्य स्थानमा पनि बम राखिएको हुनसक्ने तर बाक्लो हुस्सु लागेको कारण खोज्न कठिनाई भएको प्रहरीले जानकारी दिएको छ । विप्लव समूहले आफ्ना केन्द्रीय समिति सचिवालयका कञ्चनलाई पक्राउ गरेको विरोधमा आज नपाल बन्दको आह्वान गरेका छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार