मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौँ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कावासोती नगरपालिका–३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती–८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिए ।

मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार