बालिका शिक्षालाई प्रोत्साहन गर्न साइकल उपहार

बालिका शिक्षालाई प्रोत्साहन गर्न साइकल उपहार

कपिलवस्तु । बालिका शिक्षालाई प्रोत्साहन गर्न कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका वडा नम्बर २ ले विद्यालय पढ्दै गरेका २५ बालिकालाई साइकल उपहार दिएको छ ।

सामुदायिक विद्यालयमा उच्च शिक्षा अध्ययनरत २५ जना गरिब, दलित, जेहेन्दार र मुस्लिम छात्रालाई साइकल वितरण गरिएको हो । साइकल पाउँदा छात्रा खुसी भएका छन् ।

बालिका र छात्रालाई शिक्षाको निरन्तरतामा सहयोग पुर्‍याउने उद्देश्यले साइकल वितरण गरिएको वडाध्यक्ष रामभजन कलावारले बताउनुभयो ।

यस क्षेत्रमा बालिकालाई विद्यालय नपठाउने र बिचमै विद्यालय छोड्न लगाउने प्रवृत्ति छ । यस्ता सहयोगले बालिकाको शिक्षालाई निरन्तरता दिन सहयोग पुग्ने विश्वास गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार