राप्ती लोकमार्गमा राखिएको बम डिस्पोज

राप्ती लोकमार्गमा राखिएको बम डिस्पोज

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ बिसौनी अन्तरगत राप्ती लोकमार्गको बीच सडक खण्डमा भेटिएको प्रेशर कुकुर बम डिस्पोज गरिएको छ । शनिबार दिउँसो रातो रंगको तारले वरीपरी जडान गरेको अवस्थामा प्रहरी चौकी सिम्रतुबाट गस्तिमा गएको टोलिले बम फेला पारेको हो ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक धुब्र कुमार श्रेष्ठको कमाण्डमा ७ जना प्रहरी र नरसिंह दल गण सल्ले ब्यारेकबाट सह-सेनानी दिपेन्द्र बहादुर बुढाको कमाण्डमा ९ जनाको नेपाली सेनाको टोलीले बम डिस्पोज गरेको हो ।

सो प्रेशर कुकर बम विप्लव समूहले राखेको अनुमान गरिएको छ । विप्लव समूहले आफ्ना केन्द्रीय नेता कञ्चनलाई पक्राउ गरेको विरोधमा आज नेपाल बन्दको आह्वान गरेका छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार