स्पेनिस ला लिगामा रियल मड्रिडको शानदार जित

स्पेनिस ला लिगामा रियल मड्रिडको शानदार जित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित दर्ता गरेको छ । अवे मैदानमा भएको खेलमा एलाभेसलाई रियल मड्रिडले ४–१ ले पराजित गरेको हो । पहिलो हाफमा तीन गोल गरेको रियल मड्रिडले दोस्रो हाफमा एक गोल खाएर एक गोल गरेको हो ।

रियल मड्रिडका लागि करिम बेन्जिमाले ४१ र ७० औँ मिनेटमा गोल गरे । यस्तै कासेमिरोले १५ औँ तथा इडन हजार्डले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् ।

एलाभेसका लागि लागि ५९ औँ मिनेटमा जोसेलुले एक गोल फर्काएका हुन् । जितपछि दोस्रो स्थानको रियल मड्रिडको १९ खेलबाट ४० अंक भएको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडको १७ खेलबाट ४४ अंक छ ।

ला लिगा अन्तर्गत शनिबार राति भएका खेलमा सेभिल्लाले काडिजलाई ३–० ले पराजित गर्दा हुएस्का र भिल्लारियलले गोलरहित तथा रियल सोसिडाड र रियल बेटिसले २–२ को बराबरी खेलेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार