एमबिबिएसमा ८ लाख शुल्क बढाउन प्रस्ताव

एमबिबिएसमा ८ लाख शुल्क बढाउन प्रस्ताव

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र तर्फ स्नातक तह (एमबिबिएस) मा ८ लाख शुल्क बढाउन गरेको प्रस्ताव गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको आयोगको पाँचौँ बैठकमा यस्तो प्रस्ताव राखिएको हो।

शुल्क बढाउने प्रस्ताव आएपनि आयोगका अधिकांश सदस्यहरूले तत्काल शुल्क बढाउन नहुने धारणा राखेपछि शुल्क बढाउने विषयमा निर्णय भने हुन सकेन। बैठकले तत्कालको अवस्था विश्लेषण गरी शुल्क निर्धारण गर्न मन्त्री श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको छ।

कार्यदलमा सहअध्यक्ष एवं स्वाथ्यमन्त्री हृदयश त्रिपाठी, शिक्षा सचिव गोपीनाथ मैनाली, स्वाथ्य सचिव लक्ष्मण अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य (शिक्षा) डा. उषा झा, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी र आयोगका सदस्य सचिव डिल्लीराम लुइटेल सदस्य रहेका छन्। सो समितिले सिफारिस गरेको आधारमा शुल्क निर्धारण हुनेछ। तर ८ लाख रुपैयाँ बढाउने विषयमा अधिकांश सदस्यको सहमति छैन।

आयोगले शैक्षिक सत्र २०७७/०७८ मा एमबिबिएस कार्यक्रमको लागि ८ लाख रुपैयाँ शुल्क बढाउनु पर्ने प्रस्ताव गरेको थियो। शुल्क निर्धारण कार्यदलले विभिन्न कारण देखाउँदै हाल ४० लाख २३ हजार २ सय ५० रुपैयाँ रहेको शुल्क वृद्धि गरी ४८ लाख रुपैयाँ बनाउन सिफारिस गरेको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार