दुईचार भष्मासुरले पार्टी छाड्दैमा केही हुँदैन : प्रधानमन्त्री ‌ओली

दुईचार भष्मासुरले पार्टी छाड्दैमा केही हुँदैन : प्रधानमन्त्री ‌ओली

लमही । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाबाट दुईचार कुलांगार भष्मासुरले पार्टी छाड्दैमा आफूहरूलाई फरक नपर्ने बताएका छन्। दाङको लालमटीयामा सोमवार आयोजित नेकपाको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुईचार कुलाङ्गार भष्मासुरले पार्टी छाड्दैमा केही नहुने बताएका हुन्।

‘दुईचार कुलांङ्गार भष्मासुरले पार्टी छाड्दैमा केही हुँदैन’ प्रधानमन्त्री ओलीले भने‚ ‘स्थायित्व भंग गर्ने अस्थिरता मच्चाउनेहरूले लोकतन्त्र र स्थायित्वको कुरा गर्नेरु काम गर्न नदिनेलाई जनताले दण्डित गरून् भनेरै निर्वाचन घोषणा गरेको हो। जनताले दण्डित गर्छन्।’

पार्टी छाडेर गएका केही मानिसहरूले बाहिर चौतारमा बसेर आफू अध्यक्ष भएको जीकिर गरेको भन्दै प्रधानमन्त्री ओलीले त्यस्ताको पछि नलाग्न आग्रह गरेका छन्। ‘केही मानिस बैठक नआएर चौतारीमा बसेर म अध्यक्ष बनें भनेर घोषणा गर्दै हिँडेका छन् । आयोगले त्यो पनि खत्तम पारिदियो । अध्यक्ष कोही बनेका छैनौं भनिदियो’ ओलीले भने ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार