काठमाडौको तापक्रम २‍.८ डिग्री सेल्सियसमा झर्यो

काठमाडौको तापक्रम २‍.८ डिग्री सेल्सियसमा झर्यो

आज काठमाडौको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । हिजो (सोमबार) काठमाडौको न्यूनतम तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस थियो ।

काठमाडौको न्यूनतम अझै घट्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । रातको समयमा आकाश सफा भएकाले न्यूनतम तापक्रम घटेको हो ।

यसअघि गएको पुस १६ गते काठमाडौको तापक्रम ० दशमलव ८ डिग्री सेल्सियसमा झरेको थियो । त्यसयता बिस्तारै न्यूनतम तापक्रम बढ्दै गएकोमा केही दिनयता फेरि घट्न थालेको मौसमविद् नगरकोटीले बताउनुभयो ।

पानी पार्ने शक्तिशाली प्रणाली नेपाल प्रवेश नगरेकाले केही दिन मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । सामान्यतया माघ १५ गतेदेखि गर्मी बढ्दै जाने भए पनि हिउँदे वर्षा नहुँदा मौसम राम्ररी खुल्न सकेको छैन ।

आज पनि तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद् नगरकोटीले बताउनुभयो । पश्चिम तराईका केही ठाउँमा केही दिनदेखि घाम नै नदेखिएको उहाँले जानकारी दिनुभयो । बाक्लो हुस्सु र कुहिरोको कारण तराईका नागरिकको जनजीवन प्रभावित भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार