आज सुनको मूल्य तोलामा चार सय बढ्यो

आज सुनको मूल्य तोलामा चार सय बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ। छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भई रु ९२ हजार ८०० पुगेको छ।

छापावाल सुन सोमबार तोलामा रु ९२ हजार ४०० मा कारोवार भएको थियो। यस्तै तेजाबी सुन तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

तोलामा रु ९१ हजार ९०० मा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा रु ९२ हजार ३०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ। तोलामा रु एक हजार २६० मा सोमबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५५ मूल्य निर्धारण भएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार