घुस लिएको आरोपमा यातायात कार्यालयका सहयोगीसहित दुईजना पक्राउ

घुस लिएको आरोपमा यातायात कार्यालयका सहयोगीसहित दुईजना पक्राउ

काठमाडौं । यातायात व्यवस्था कार्यालय जनकपुरधामका कार्यालय सहयोगी र एकजना बिचौलिया घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले कार्यालय सहयोगी भोगेन्द्र कापर र बिचौलियाको काम गर्दै आएका जनकपुरधाम उपमहानगरपालिका-१० बस्ने राजकिशोर भगतलाई नियन्त्रणमा लिएको हो ।

स्काभेटर र लोडरको लाइसेन्सका लागि सञ्चालित अन्तिम परीक्षामा सहभागी हुने परीक्षार्थीबाट दुवैजनाले घुस लिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार कापरको कोठा खानतलासी गर्दा २ लाख २३ हजार ८५० र भगतको साथबाट ५० हजार रुपैयाँ गरी कुल २ लाख ७३ हजार ८५० रुपैयाँ बरामद भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार