सबै नेपाली लाई कोरोना खोप नि:शुल्क उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

सबै नेपाली लाई कोरोना खोप नि:शुल्क उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोभिड विरुद्धको खोप सबै नेपालीले नि:शुल्क पाउने बताएका छन्।

बुधबार (आज) खोप अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैलाई नि:शुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएका हुन्‌। ‘सबै नेपालीलाई खोप नि:शुल्क हुन्छ र प्राथमिकताका आधारमा सबैलाई दिइन्छ, यसमा तपाईँ सबै निश्चिन्त हुनुहोस्,’ प्रधानमन्त्री ओलीले भने।

उनले १० लाख डोज अनुदानमा खोप उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गरे। उनले अहिले खोप लिएकाहरूले २८ दिनपछि खोपको दोस्रो डोज  लिनुपर्ने भन्दै त्यसलाई व्यवस्थित ढंगले सञ्चालन गर्न निर्देशन दिए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार