हरिवनमा शेखर कोइरालाको स्वागतमा ‘राता मान्छेहरू’

हरिवनमा शेखर कोइरालाको स्वागतमा ‘राता मान्छेहरू’

तस्बिर स्रोत: दिनेशचन्द्र थपलिया।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइराला सर्लाहीको हरिवन पुगेका छन्। नेपाल महिला संघ सर्लाही क्षेत्र नम्बर ३ ले हरिवनमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमका लागि शुक्रबार कोइराला हरिवनमा छन्।

उनको स्वागतमा ‘डा शेखर जिन्दावाद’ लेखेको रातो कपडा लगाएका मानिसहरू देखा परेका छन्। कांग्रेसका कार्यक्रममा प्रायस् यस्तो देखिँदैन। हामीले शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियासँग स्वागतमा ‘राता मान्छेहरू’ देखिनुको अर्थ के हो भनेर बुझेका छौं। थपलियाका अनुसार बिजय र क्रान्तिको प्रतीकका रूपमा यस्तो गरिएको हो।

‘कांग्रेस कमजोर हुन हुन्न। बलियो शक्तिका रूपमा पुनस् उदय हुनुपर्छ भन्ने र क्रान्तिको प्रतीकका रूपमा यसो गरिएको रहेछ,’ उनले सेतोपाटीसँग भने। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलनमा छ। देशभरबाट विरोध गर्ने क्रममास् आज हरिवनमा पनि विरोध तथा प्रदर्शन र आमसभा रहेको थपलियाले बताए।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार