तराईमा हुस्सु र कुहिरो

तराईमा हुस्सु र कुहिरो

काठमाडौं । तराई क्षेत्रमा केही दिनदेखि लगातार बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ। बिहानीपख अधिकांश तराईका जिल्लामा कुहिरो लाग्दा जनजीवन प्रभावित बनेको छ।

चिसो बढेपछि दैनिक कार्य प्रभावित भएको छ। मानिसहरू ठाउँठाउँमा आगो तापेर बसिरहेका छन्। हुस्सु र कुहिरोका कारण यातायात सञ्चालनमा पनि समस्या भएको छ।

मौसम पूर्वानुमान महाशाखाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। यस्तै आज प्रदेश १ का उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार