दिवा खाजाले विद्यार्थी नियमित

दिवा खाजाले विद्यार्थी नियमित

मुसिकोट । संघीय सरकारले प्राथमिक तहमा भर्खर मात्रै दिवा खाजा संचालनमा ल्याएको छ । संघीय सरकारको नीति अनुसार देशभरका १२ वटा जिल्लामा दिवा खाजा संचालन ल्याएको हो । त्यस मध्ये रुकुम पश्चिम् पनि एक जिल्ला हो ।

जस अन्तरगत बाफिकोट गाउँपालिकामा पनि प्राथमिक तहमा दिवा खाजा लागू भए संगै उक्त गाउपालिकाको ४४ बिधालय मा पनि दिवा खाजा सुचारु भएको बाफिकोट गाउपालिका अध्यक्ष धर्म बहादुर केसिले जानकारी दिनुभयो । बिगत मा बालबालिकाहरु कक्षा छोडेर जाने , बिधालय नआउने आए पनि भागेर घरमा जाने संख्या दिवा खाजा संचालनमा आएपछि अहिले बिधालय छोडेर जाने संख्या घटेको अध्यक्ष केसिले जानकारी दिनुभयो ।

दिवा खाजामा प्रभाबकारी भयो कि भएन भन्ने बिषयमा उजागर गर्न बाफिकोट गाउँपालिका शिक्षा अधिकृत तथा दिवा खाजा समितिका संयोजक ज्ञान बहादुर खड्काको संयोजकत्वमा अनुगमन भैरहेको पनि बताइएको छ । बालबालिकाको मनोबैज्ञानिक कुरा लाई मध्यनजर गर्दै संघीय सरकारले प्रती व्यक्ति बराबर दैनिकी पन्ध्र रुपैया दिने गरेको समेत अध्यक्ष के सि ले बताउनु भयो ।

उक्त पन्ध्र रुपैया बराबरको पोस्टिक आहारमा कमि नआओस् भन्ने उदेश्यले एक दिन जस्तो भात , चना , हलुवा र अन्डा खुवाउने गरेको बाफिकोट गाउँपालिका वडा न. ३ आधारभुत बिधालय कोल्चौरका प्रधानाध्यापक दिल प्रसाद शर्माले बताउनुभयो । यसअघि बिद्यार्थीहरु घरबाट नआउने स्कुल छोडने जस्ता समस्या दिवा खाजा संचालनमा आए पछि शुन्य भएको प्रधानाध्यापक शर्माले जानकारी दिनु भयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार