प्रदेश २ सरकारले सञ्चार क्षेत्रमा तीन पदाधिकारीहरुलाई नियुक्त ग¥यो

प्रदेश २ सरकारले सञ्चार क्षेत्रमा तीन पदाधिकारीहरुलाई नियुक्त ग¥यो

काठमाडौँ । प्रदेश २ सरकारले मिडिया सञ्चार क्षेत्रमा तीनजना पदाधिकारीलाई नियुक्त गरेको छ । आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र लोकसंचार प्रबर्द्धन बोर्डको अध्यक्षमा शुक्रबार नियुक्त गरेको हो ।

सञ्चार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई नियुक्त गरिएको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले जानकारी दिए । शुक्रबार बिहान बसेको प्रदेश मन्त्री परिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको उनले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार